Logo

Banner-news

किनमेल इतिहासकै ठूलो अफर, भाटभटेनीमा स्ट्यान्डर्ड चार्टर्डको २५ % क्यासब्याक !


appharu
   ९ पुस २०७५, सोमबार


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अब भाटभटेनी सुपरस्टोरमा सामान किन्दा २५ प्रतिशत क्यासब्याक पाउने भएका छन् । नेपालको किनमेल इतिहासकै सबैभन्दा ठूलो क्यासब्याक सुविधा स्ट्यान्डर्ड चार्टर्ड बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले मात्र पाउनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोर प्रा.लि. एक व्यापारिक सहकार्यमा प्रवेश गरेका छन् ।

बैंकका अनुसार यो सहकार्यलाई सम्बोधन गर्न, स्ट्याण्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह¬–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ, जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड लाभ क्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।

यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा निःशुल्क उपलब्ध गराइनेछ ।

यो सहकार्यलाई स्मरणीय बनाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सबै क्रेडिट कार्डधनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा शून्य प्रतिशत इन्स्टाबाइ प्रदान गर्ने घोषणा गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले यस अवसरमा भनेका छन्– भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड गौरव गर्दछ । यो साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जनागर्न मद्दत पुगेको छ । यसले भाटभटेनीमा किनमेल गर्नेहरु हरेकलाई व्यापक फाइदा पु¥याएको छ । एक अन्तर्राष्ट्रिय बैंक हुनुको नाताले हरेक ग्राहकसँगको सम्बन्धमा मूल्य थप्नमा हामी विश्वास गर्दछौं जसले त्यो सम्बन्ध अझ प्रगाढ बन्दै जाओस् ।

सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने– स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको बैंकसँग साझेदार गर्न पाउनु र धेरै समयदेखि प्रतिक्षा गरिरहेको यो साझेदारीको आरम्भ हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो । हाम्रो यो साझेदारीले निश्चय पनि हाम्रा सबै आदरणीय ग्राहकहरु जसले हामीसँग किनमेलको आनन्द लिइ रहनु भएको छ वहाँहरुलाई अत्याधिक फाइदा दिलाउनेछ । म सबैजनालाई हाम्रो यो योजनाबाट व्यापक लाभ उठाउन हुन अनुरोध गर्दछु ।

प्रकाशित : ९ पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह