Logo

अर्थनीति

देशैभर यातायात ठप्प, सरकार कागजी बाघ सावित


appharu
   २१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सिण्डिकेटको पक्षमा सेवा बन्द गरेर आन्दोलन गए कारवाही गर्ने सरकारी चेतावनीका बाबजुद यातायात व्यवसायीहरुले शुक्रबार देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएका छन् ।

सरकारी चेतावनीलाई बेवास्ता गर्दै व्यवसायीले यातायात ठप्प पारेपछि उपत्यकालगायत मुलुकभर छिटफुटमात्र सवारी साधन चलेका छन् । यसले हजारौं यात्रुको बिचल्ली भएको छ ।

उपत्यकामा साझा, मयुरलगायतका केही सवारीसाधनले सीमित यात्रुलाई सेवा दिए पनि अधिकांशले गन्तव्यसम्म पुग्न पाएका छैनन् ।
व्यवसायीले सेवा बन्द गरे स्कुल बसमार्फत सेवा दिने वा उनीहरुकै बसको साँचो खोसेर चलाउने सरकारी घोषणा हावादारी प्रमाणित भएको छ । बरु केही निजी सवारी साधन र २ पांग्रे सवारीले बिचल्लीमा परेका यात्रुको उद्दार गरिरहेका छन् ।

सामाजिक सञ्जालबाटै लिफ्टका लागि आह्वान गर्ने तथा समय मिलाउने रोचक सहयोग भने उत्साहजक रुपमा भइरहेको छ । तर, यातायात व्यवसायीको रुट पर्मिट नै खारेज गर्ने भन्दै चेतावनी दिइरहेको सरकारको उपस्थिति सडकमा नदेखिँदा कतिपयलृ सरकारलाई कागजी बाघको संज्ञा दिन थालिसकेका छन् ।

काठमाडौं उपत्यकामा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । गोंगबुस्थित नयाँबसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु थन्काइएको देख्न सकिन्छ ।

यसअघि बिहीबार साँझ आन्दोलनरत यातायात व्यवसायी महासंघसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तत्काल आन्दोलन स्थगित नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बन्दविरुद्ध प्रालिमा दर्ता भएका व्यवसायीहरूले सरकारलाई साथ दिइरहे पनि यसको प्रभाव नगण्य देखिएको छ ।

प्रकाशित : २१ बैशाख २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह