Logo

Banner-news

सिजी टेलिकम रोक्ने सरकारको प्रयाश असफल, सर्वोच्चले दियो यस्तो आदेश !


appharu
   १२ पुस २०७५, बिहिबार


काठमाडौं । चौधरी समूहको लगानी रहेको सिजी टेलिकमलाई सञ्चालनमा आउन नदिने सरकारको प्रयाश बिफल भएको छ । सरकारले अनेकाैं हतगण्डा गरेर सिजी टेलिकमलाइर् अाउनै नदिन प्रयास गरे पनि अदालतकाे आदेशपछि कम्पनी सञ्चालनमा आउने भएको हो ।

सर्वोच्च अदालतले सि. जि. कम्युनिकेसन प्रा. लि. (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालनका लागि आवस्यक अनुमति प्रदान गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायधिश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजी टेलिकमको मोवाईल सेवा सञ्चालनमा ल्याउने लामो समयदेखिको प्रतिक्षा सकिएको विश्वास गरिएको छ ।

प्राधिकरणले सिजी टेलिकमलाई कानून विपरित मोवाईल सेवा सञ्चालनमा अवरोध गर्दै आएको थियो । सिजी टेलिकमलाई मोवाईल सेवा सञ्चालन अनुमति दिने सरकारको निर्णयलाई समेत प्राधिकरणले लत्याउदै आएको थियो ।

सिजी टेलिकमलाई मोवाईल सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराउनु पर्ने स्वभाविक प्रकृयालाई अवरूद्ध पार्दै प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि यसका विरूद्ध सिजी टेलिकम सर्वोच्च अदालत गएको थियो । अदालतले पुस १० मा आन्तरिम आदेश जारी गर्दै उक्त कम्पनीले सरकारबाट मोवाईल सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेकाले कार्यान्वयनमा कुनै बाधा अवरोध नगर्नू भन्ने आदेश दिएको छ ।

आदेशमा भनिएको छ– निवेदक (सिजी टेलिकम)लाई आधारभूत टेलिफोन सेवा संचालन गर्ने अनुमति प्राप्त गरेको देखिंदा उक्त अनुमति पत्र कार्यान्वयन गर्न आवस्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नु रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।

सर्वोच्चले ‘अनुमति पत्र कार्यान्वयन गर्न आवस्यक पर्ने खरिद, जडान तथा सो सम्वन्धमा आवस्यक पर्ने थप लगानीका लागि निवेदक (सिजी टेलिकम)लाई आवश्यकता अनुसार अनुमति दिनु दिलाउनु’ भनेको छ ।

त्यसैगरि ‘आधारभूत टेलिफोन सेवाको अनुमति पत्र संचालनमा ल्याउन आवस्यक पर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्न समेत आवस्यक फ्रिक्वेन्सी निवेदक (सिजी टेलिकम)लाई वितरण गर्न कानून बमोजिम जे जे कत्र्यव्य पूरा गर्नु पर्ने हो गर्नु गराउनू । निवेदकले प्राप्त गरिसकेको फ्रिक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नगर्नू तथा अन्य सेवा प्रदायक सरह व्यवहार गर्नु’ भन्ने आदेश पनि सर्वोच्च अदालतले दिएको छ ।

सर्वोच्चले फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने प्राधिकरणको सूचना कार्यान्वयन नगर्न पनि आदेश गरेको छ । अदालतको यो आदेशपछि सिजी टेलिकमले मोवाईल सेवा संचालनका लागि द्रुत गतिमा काम अगाडि बढाउने बताएको छ ।

‘हामी मोवाईल सेवा संचालनका लागि तयारी अवस्थामा छौ“ । सर्वोच्च अदालतबाट आदेश आइसकेकाले मोवाईल सेवा संचालनका लागि द्रुत गतिमा काम अगाडि बढाउछौ“’, चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने, ‘अदालतको आदेशलाई हामी उच्च सम्मान गर्छौ“ । र, सम्वन्धित निकायहरूले पनि आदेशलाई सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धी वातावरणमा सिजी मोवाईल सेवा संचालनका लागि आ– आफ्नो कत्र्यव्य पुरा गर्नेछन् भन्ने हाम्रो पूर्ण विश्वास छ ।’

मन्त्रिपरिषदको २०७४ जेठ १५ गतेको बैठकले सिजी टेलिकमलाई मोवाईल सेवा सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । उक्त समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए ।

मन्त्रिपरिषदको उक्त निर्णयपछि सिजी टेलिकमले मोवाईल सेवा सञ्चालनका लागि द्रुत गतिमा प्राविधिक एवं वित्तिय व्यवस्थापनलाई अगाडि बढाएको थियो । तर प्राधिकरणले फ्रिक्वेन्सी प्रदान गर्ने एवं उपकरण आयात लगायतका अनुमति दिने मामिलामा अवरोध गरेका कारण सेवा संचालनमा विलम्ब हुदै आएको थियो । ‘सर्वोच्च अदालतको आदेशपछि सबै अवरोधहरू अन्त्य भएका छन् । प्राधिकरणले यि सबै पक्षमा हामीलाई सहजीकरण गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’, प्रवक्ता पौडेलले भने ।

मन्त्रिपरिषदले सिजी टेलिकमलाई मोवाईल सेवा सञ्चालनका लागि तत्कालिन समयमा प्राधिकरणलाई बुझाउन बा“की फ्रिक्वेन्सी र रोयल्टी समेत गरि करिब ३६ करोड रूपैया“ २०७४ माघ मसान्तदेखि पा“च बराबर किस्तामा भुक्तानी गर्नुपर्ने निर्णय दिएको थियो । उक्त निर्णयलाई पालना गर्दै सिजी टेलिकमले पहिलो किस्तास्वरूप २०७४ माघ २८ गते ८ करोड ४० लाख रूपैया“ भुक्तान गरिसकेको छ । ‘हामी सरकारले दिएको समयतालिका अनुसार रकम बुझाउछौ“ । आगामी माघ मसान्तभित्रै दोस्रो किस्ता बुझाउने तयारीमा हामी छौ“’, प्रवक्ता पौडेलले भने ।

 

प्राधिकरणले सिजी टेलिकमलाई प्रदान गरेको अनुमति पत्र ‘आरटिएस–इडिआर–जिरोवान’ बमोजिम कार्य सम्पन्न भई सो को प्राधिकरणले प्रमाणिकरण समेत गरिसकेको छ । यसले सिजी टेलिकम मोवाईल सेवा सञ्चालनका लागि योग्यताप्राप्त कम्पनी भएको प्रमाणित गर्छ ।

सिजी टेलिकमले अन्तर्राष्ट्रियस्तरको पछिल्लो पुस्ताको प्रविधिलाई नेपालमा भित्रयाउने प्राविधिक तयारी समेत पुरा गरि सकेको छ । सिजी मोवाईल फोरजी प्रविधिमा आधारित हुनेछ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध मोवाईल सेवाको गुणस्तरको तुलनामा उच्च गुणस्तरको भ्वाईस र डाटा अत्यधिक सस्तो दरमा उपलब्ध गराउने जनाएको छ । यसबाट नेपाली उपभोक्ताले प्रतिस्पर्धी बजारमा छनौटको अवसर प्राप्त गर्नेछन् भने हाल करिब एकाधिकारका कारण मह“गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनेछ । ‘हामी नेपाली उपभोक्ताको हितलाई केन्द्रमा राखेर एचडि भ्वाईस क्वालिटी र द्रुत गतिको डाटा न्युनतम मूल्यमा उपलब्ध गराउने तयारीमा छौ“ । सिजी मोवाईल सञ्चालनपछि नेपाली उपभोक्ताले टेलिकम क्षेत्रमा नया“ क्रान्तिको महशुस गर्नेमा हामी विश्वस्त छौ“’, प्रवक्ता पौडेलले दावी गरे ।

 

सिजी टेलिकमले सेवा सञ्चालनका लागि आपूर्तिकर्ताहरूको छनौट गर्न आवस्यक कर्मचारी र परामर्शदाताहरूको नियुक्ति गरिसकेको छ भने थप कर्मचारी र परामर्शदाताहरूको छनौट कार्य जारी रहेको जनाएको छ ।

नेपालमा उच्च गुणस्तरको मोवाईल सेवा सञ्चालनका लागि उच्चस्तरको प्रविधि भित्रयाउन ख्यातीप्राप्त विदेशी कम्पनीस“ग रणनीतिक साझेदारीको टु“गो लागिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले टेलिकम उपकरण आयात गर्न आपूर्तिकर्ताहरूस“ग सम्झौता गरिसकेको, डाटा सेन्टर स्थापना र डिजास्टर रिकोभरी का लागि समेत स्थान तोकिसकेको जनाएको छ । त्यसैगरि विटिएस टावर तथा व्याकहाउल नेटवर्क निर्माणकर्ता एवं आपूर्तिकर्ताहरूस“ग सम्झौता भईसकेको र टावर निर्माणका लागि काठमाडौ“, पोखरा लगायतका स्थानहरूमा जग्गाधनिस“ग लिज संझौता गरिसकेको छ ।

‘सन् २०१९ भित्रै सिजी टेलिकमको सेवा नेपाली उपभोक्ताले पाउनेछन् भन्नेमा हामी विश्वस्त रहेका छौ“ ।’ प्रवक्ता पौडेलले भने ।

प्रकाशित : १२ पुस २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह