Logo

Uncategorized

स्वाभिमान लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   १२ माघ २०७९, बिहिबार


स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यही माघ ११ गते बसेको लघुवित्तको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

स्वाभिमान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रू १२ करोड १७ लाख ८२ हजार १५० छ ।

प्रस्तावित लाभांश लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह