Logo

Banner-news

भारतले भुटानका लागि छुट्यायो २४ अर्ब भारु सहायता, नेपालको घट्यो


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


भारतले नेपाललाई दिने अनुदान सहयोग घटाएको छ ।

बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२३/२४ का लागि बजेट पेस गरेकी छिन् । जसमा नेपाललाई दिने अनुदान साहयता पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) रहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष भारतले अनुदान सहायता घटाएको हो । गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग छुट्याएको थियो । तर, सो रकममध्ये ४ अर्ब ४६ करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) मात्र नेपाललाई सहयोग आएको थियो ।

नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई अनुदान सहयोग गर्दै आएको भारतले यस वर्ष सबैभन्दा धेरै भुटानका लागि २४ अर्ब भारु सहायता छुट्याएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह