Logo

Banner-news

गुलजार ५ तारे रिसोर्ट: टाइगर प्यालेसमा भारतीयको विवाहदेखि हनिमुनसम्म !


appharu
   २० पुस २०७५, शुक्रबार


भैरहवा । नेपालका सीमा क्षेत्रका होटल तथा रिसोर्टहरु अहिले निकै नै गुलजार बन्न थालेका छन् । नेपाली सीमामा खुलेका ठूला होटल तथा रिसोर्टहरुमा भारतीयहरुको आकर्षण बढ्दो छ ।

बाराको सिमरामा रहेको इच्छा होटलले भारतीयको डिमान्ड नै पूरा गर्न नसकीरहेका बेला रुपन्देहीको भैरहवा क्षेत्रमा सञ्चालनमा आएको पाँचतारे रिसोर्ट टाइगर प्यालेस भारतीय पर्यटकहरूले गुलजार बन्दै गएको छ ।

सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल खण्डमा रहेको यो टाइगर प्यालेस रिसोर्ट नेपालकै उत्कृष्ट मध्येको एक बन्दै गएको छ ।

भारतीय कर्पोरेट हाउसलगायत धनाढ्यहरूले पहिला काठमाडौं, पोखरालगायतका स्थानमा कर्पोरेट कार्यक्रम, डिलर्स मिट, बिबाह, वैवाहिक वार्षिकोत्सवलगायतका बिभिन्न कार्यक्रम गर्दै आएकोमा अब त्यस्ता कार्यक्रम गर्न टाइगर प्यालेसमा आउने क्रम बढेको शान्त वातावरण, उत्कृष्ट सेवा तथा विदेशी पर्यटकहरूका लागि नेपालकै सबैभन्दा ठूलो क्यासिनोसमेत रहेकाले पनि सबैको आकर्षण बढ्दै गएको छ ।
यस रिसोर्टमा मुम्बई, दिल्ली, लखनउ, बनारस, कानपुर, गोरखपुरलगायतका अन्य ठूला सहरबाट पर्यटक आउने गरेको रिसोर्टकी सेल्स म्यानेजर अनिता बस्नेतले जानकारी दिइन् ।

बस्नेतका अनुसार हालैमात्र भारतका ९ ठूला घरानाहरूले आफ्नो छोराछोरीको विवाह यहाँ आएर गरिसकेका छन् भने अन्य वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्ट कार्यक्रम मात्र नभई भारतीय कम्पनीहरूको उत्पादन भारतीय क्षेत्रमै गर्ने बितरकहरूको डिलर्स मिट, बिटुबी कार्यक्रमहरू समेत आयोजना गर्न आउने क्रम समेत बढेको छ ।

२ साताअघि मात्रै मुम्बईमा टेक्सटाइल उद्योग रहेको अस्भिर प्रिमियम फेब्रिक्सले पनि आफ्ना मुख्य बितरक सहितको टोलीलाई यही रिसोर्ट ल्याएर कर्पोरेट डिलर्स मिट तथा बिटुबी कार्यक्रम गरेको थियो । ५ दिन सम्मको कार्यक्रममा अलग–अलग क्षेत्रका गरी ५ सय सहभागी थिए ।

रिसोर्टमा आउने पर्यटकमध्ये ७० प्रतिशतको हाराहारीमा भारतीय पर्यटक छन् । १०२ कोठा रहेको रिसोर्ट अहिले भरिभराउ छ ।
जुन र जुलाईसम्मका लागि करिब ८० प्रतिशत बुकिङ भइसकेको छ ।
भारतीय पर्यटकका अलावा नेपालीहरू, विदेशी तथा अझ चाइनिजहरू पनि आउने गरेका छन् । टाइगर रिसोर्टको ख्याति यतिसम्म बढेको छ कि केही महिनाअघि काठमाडौंबाट ३ वटा विमान चार्टर गरेर कार्यक्रम आयोजना गर्न आएका थिए ।

प्रकाशित : २० पुस २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह