Logo

Banner-news

युनेस्कोले प्रशंशा गरेको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा !


appharu
   २७ पुस २०७५, शुक्रबार


काठमाडौं । राजधानीको मुटु न्युरोडमा निर्माणाधिन महर्जन कम्प्लेक्स आउँदो वैशाखबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

निर्माणपूर्व नै चर्चामा रहेको महर्जन कम्प्लेक्स ९ रेक्टरस्केलसम्मको भूकम्प प्रतिरोधी रहेको व्यवस्थापनको दावी छ ।
भवनलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको विज्ञप्तिमा उल्लेख छ ।

युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवन विश्व सम्पदाभन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ ।

भवनका प्रवद्र्धक कृष्णलाल महर्जनका अनुसार भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ भने भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ ।

कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्सभित्र अक्सिजनसहित खुला हावा उपलब्ध हुने छ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ ।

साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो ।
सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दाबाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ ।

सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवननिर्माण मापदण्ड २०७५ अनुसार भएको पनिउल्लेख गरिएको छ ।
करिब पाँच दर्जन पसलकबल रहने उक्त कम्प्लेक्समा १ हजार जनाले रोजगारी पाउने छन् । निकट भविष्यमै स्पेस बुकिङ खुलाहुने प्रवद्र्धकहरुको भनाइ छ ।

प्रकाशित : २७ पुस २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह