Logo

Banner-news

जासुसीको आरोपमा पोल्याण्डमा पक्राउ परेका हुवावेका चिनियाँ कर्मचारी वर्खास्त !


appharu
   २९ पुस २०७५, आइतबार


बेइजिङ । चीनको चर्चित टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको छ ।

चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार यसको औपचारिक पुष्टि गरेको छ ।

बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पनीलाई उद्धृत गरी जानकारी गराएको छ ।

चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो ।

“व्यवसायीको पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ,” चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ ।

उनले भन्, “हामी चाहन्छौँ, सम्बन्धित मुलुकहरूले नै सम्बन्धित मुद्दालाई निष्पक्ष र अन्तर्राष्ट्रिय कानूनअनुसार चलाओस् र सम्वद्ध व्यक्तिको वैधानिक अधिकार र हितलाई सुरक्षित गर्न इमान्दार प्रयास होस् ।”

हुवावेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको बताएको थियो ।

हुवावेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ ।

पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ ।

प्रकाशित : २९ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह