Logo

Banner-news

नेपाली उद्योगीले भेटे भारतीय मन्त्री र मुख्यमन्त्री, पर्यटनमा सहकार्य गर्न आग्रह


appharu
   २९ पुस २०७५, आइतबार


काठमाडौं । भारतको मुम्बइमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डल यतिबेला भारत भ्रमणमा छ ।

भ्रमणका क्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले सम्मेलनका दौरान भारतीय वाणिज्य, उद्योग तथा नागरिक उडडयनमन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्यमन्त्री देभेन्द्र फर्नान्डिजलगायतका विशिष्ट व्यक्तित्वहरूस“ग मुम्बईमा भेटवार्ता गरेको छ ।

भारतीय उद्योग परिसंघद्वारा हिजोदेखि आयोजित दुई दिने सम्मेलनका दौरान विशिष्ट व्यक्तित्वहरूस“ग भेटवार्तामा महासंघको प्रतिनिधिमण्डलले नेपाल—भारत आर्थिक व्यवसायिक सम्बन्ध तथा लगानी विस्तार, पर्यटन प्रवद्र्धन लगायतका विषयमा विस्तृत छलफल ग¥यो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता महासंघका पूर्व अध्यक्ष ढकालले आगामी अप्रिल ११ मा महासंघले आयोजना गर्ने उद्योग वाणिज्य दिवसमा सहभागी हुन महासंघको तर्फबाट भारतीय वाणिज्य मन्त्रीलाई निम्तो दिए ।

त्यसैगरी महाराष्ट्रका मुख्य मन्त्रीस“गको भेटमा विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले दुवै देश बीचको पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रस्ताव राखे । उनले त्यसका लागि काठमाडौं–मुम्बई हवाई उडान संख्या बढाउन, नेपालका धार्मिक महत्वका क्षेत्रहरूका बारेमा भारतमा प्रवद्र्धन गरी नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग गर्न आग्रह गरे ।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपालमा यतिखेर लगानीका लागि उपयुक्त वातावरण रहेको र सरकारले पनि लगानी सम्बन्धी ऐन कानूनलाई सरलीकरण गर्दै लगेकाले लगानी गरी फाइदा उठाउन अनुरोध गरेका छन् । साथै सरकारले भारत लगायतका अन्य देशहरूबाट आउने लगानीलाई सहज सुविधा दिने उद्देश्यले “वान स्टप सर्भिस” लगायतका नीतिको विकास गरेको पनि सो भेटवार्तामा जानकारी गराए ।

लगभग १ अर्व ७९ करोड मानिसहरूको बसोबास रहेको दक्षिण एशिया विश्व अर्थतन्त्रमा उदाउ“दो क्षेत्रको रूपमा अगाडी बढीरहेको छ । यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गरेर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी पनि व्यवसायिक नेताहरूको छ ।

दक्षिण एशियामा रहेको विद्यमान आर्थिक व्यापारिक सम्भाव्यतालाई सफल पार्न, लगानी प्रवद्र्धन गर्न क्षेत्रीय तहमा भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्यका साथ काम गर्न सकिने बलियो सम्भाव्यता रहेको साझेदारी सम्मेलनमा दुवै देशका लगानीकर्ताहरूले जोड दिएका थिए ।

यसअघि सीआईआई साझेदारी सम्मेलनलाई महासंघको प्रतिनिधिमण्डलका नेता, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सम्बोधन गरेका थिए । ढकालले नेपालमा लगानीको प्रचुर सम्भाव्यता रहेकाले विदेशी लगानीकर्ताहरूलाई सवै प्रकारको सहयोग गर्न सरकार तथा निजी क्षेत्र तयार रहेको विश्वास दिलाए ।

नेपालमा उर्जा, पर्यटन, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई उनले विशेष आग्रह गरे । सम्मेलनमा एसिया, अफ्रिका र यूरोप महादेशबाट करिव ४४ देशहरूको सहभागिता छ ।

प्रकाशित : २९ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह