Logo

Banner-news

चेम्बरको ६६ औं एमओयूः भारतको ट्रेड प्रमोसन काउन्सिलसँग हस्ताक्षर


appharu
   २ माघ २०७५, बुधबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नयाँ दिल्लीमा भएको उक्त समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा नेपाल र भारतबीचको ब्यापारलाई दुई–देशको हितमा हुने गरी प्रबर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसंग सम्बन्धित सुचनाको आदान–प्रदानका बिषय समेटिएका छन् ।

यस्तै, ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन दुइ–पक्षीय व्यापारिक प्रतिनिधी मण्डलको आदान–प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि उक्त समझदारी पत्रमा समेटिएको छ ।

चारवटा प्रमुख धाराहरु रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रबर्दन गर्ने कुरा उल्लेख छ । त्यसैगरी दोस्रो धारा सुचनाको आदान–प्रदान, तेस्रो ‘ट्रेड मिसन’ र चौथो धारा ब्यापार प्रवद्र्धनका लागि आयोजना गरिने क्रियाकलापहरुसंग सम्बन्धित रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय ब्यापार र बहुपक्षीय सम्बन्धलाई बिस्तार गर्ने उद्येश्य अनुरुप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसँगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित : २ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह