Logo

कर्पोरेट-बजार

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच नगदरहित सेवा सम्झौता


appharu
   २२ बैशाख २०७५, शनिबार


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित सेवासुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पताल सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

प्रकाशित : २२ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह