Logo

Banner-news

सीएनआईले नेपाल उद्यमशीलता सम्मेलन गर्ने


appharu
   ९ माघ २०७५, बुधबार


काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहमति र सहयोगमा फागुन २ गते काठमाडौंमा नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गर्ने भएको छ । परिसंघ र नेपाल सरकार आयोजक रहने गरी सम्पन्न गरिने यस सम्मेलनको उद्देश्य, पृष्ठभूमी र लक्षित उपलब्धी र कार्यक्रम बारे प्रकास पार्ने उद्देश्यले नेपाल उद्योग परिसंघले माघ ९ गते एक पत्रकार सम्मेलन मार्फत जानकारी प्रवाह गरेको छ ।

पत्रकार सम्मेलनमा उद्यमशीलता सम्मेलनको आवश्यकता, उद्देश्य, लक्ष्य र कार्यक्रमका सम्बन्धमा परिसंघका अध्यक्ष हरिभक्तशर्माले विस्तृत जानकारी गराएका थिए । कार्यक्रमको प्रारम्भमा अध्यक्ष शर्माले उद्यमशीलता विकास कुनै एक संस्था वा व्यक्तिले गर्न सम्भव छैन । अहिले उद्योग वा उद्यमशीलताको विकास भन्दा अन्य क्षेत्रमा काम गर्ने प्रवृति बढ्दै गएकोले युवा समुदायलाई उद्यमशीलता तर्फ आकर्षित गराउन आवश्यक देखिएको प्रसंग उल्लेख गर्दै उनले समृद्ध नेपालको लक्ष्य सहित सरकारले आफ्नो कार्ययोजना तर्जुमा गरेको साथै सरकारबाट थालनी भएको यस प्रकारको नीति र कार्यक्रमको उद्देश्य पूरा हुन उद्यमशीलताको विकास अर्को महत्वपूर्ण पाटो भएको यथार्थता बारे प्रष्ट पारेका थिए ।

अध्यक्ष शर्माले युवा उद्यमशीलताको विकास कार्यक्रम सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्न यस प्रकारका सम्मेलनले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सम्मेलन राष्ट्रपतिबाट उद्घाटन हुनेछ । यस सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुने र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्षबाट समापन समारोहमा विशेष सम्बोधन हुने जानकारी गराईएको थियो । सम्मेलनमा सातै प्रदेशहरूका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरूबाट सम्बन्धित प्रदेशको उद्यमशीलता र रोजगारीका अवसरका बारेमा सम्बन्धित प्रदेशका कार्ययोजना समेत प्रस्तुत हुने छ ।

उद्यमशीलतालाई आर्थिक समृद्धिको सम्वाहकको रुपमा पहिचान गर्ने, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवम् देश भरका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तारको प्रक्रिया र नेटवर्किङ को पहिचान गर्ने, नयाँ प्रतिभा, प्रविधि, श्रृजनशीलतासँगै उद्यमशीलतालाई प्रवद्र्धन र संरक्षणको आवश्यकता सहित मैत्रीपूर्ण वातावरणको पहिचान गर्ने, विदेशमा रहेका युवाहरूलाई स्वदेशमै उद्योग तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्य सहित आयोजना हुने जनाइएको छ ।

सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायी एवम् विदेशी उद्यमीहरू, सातै प्रदेशबाट १५÷१५ जना युवा उद्यमीहरू नयाँ प्रविधि र कार्ययोजना सहित उद्यमशीलताको प्रवद्र्धनमा संलग्न युवा उद्यमीहरू, नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरू योजनाविद्हरू, अर्थविद्हरू, राजनीतिज्ञहरू समेत गरी चारसय भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

प्रकाशित : ९ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह