Logo

कर्पोरेट-बजार

जे–८९ ह्विस्की बजारमा जे–८९


appharu
   २२ बैशाख २०७५, शनिबार


वीरगन्ज । मदिरा पारखीहरुको लागि नेपाली उत्पादनको नयाँ ह्विस्की ब्राण्ड जे–८९ बजारमा आएको छ । फिनिक्स डिष्टिलरीले उत्पादन गरेको जे–८९ नयाँ ह्विस्की ब्राण्ड शुक्रबार साँझ वीरगन्जमा सार्वजनिक गरेको हो ।

वीरगन्जका शीख समुदायका व्यवसायी ज्याग सिंहले मकवानपुरमा स्थापना गरेको फिनिक्स डिस्टीलरी प्रालिले ह्विस्की बजारमा ल्याएको हो । नेपालकै पहिलो सिगंल व्यारेल माल्ट विस्कीको रुपमा यो ब्रान्ड आएको फिनिक्स डिष्टिलरीका प्रबन्ध निर्देशक ज्याग सिंहले बताए । यो ह्विस्कीमा ‘ओक कास्क’ वाईन बनाउन प्रयोग गरिने प्रविधिबाट उत्पादन गरिएकोले यसको स्वाद आयरल्याण्डमा १०८९ सालमा बनेको आइरिस कास्कबाट आउने स्वाद नै रहेको कम्पनीका सिंहले बताए ।

दुई दशकदेखि आइरिस कास्कमा राखिएको हुनाले कास्कले पिटेड स्वादलाई जे–८९ ‘जेएटिनाइन’ ह्विस्कीमा प्रयोग गरिएको छ । जे–८९ ह्विस्कीमा यही कास्कमा राखेको ‘आइरिस माल्ट’ लाई ट्रिपल ब्लेन्ड डिष्टिल गरेर स्वाद र स्पिरिटमा उत्कृष्ट गुणता ल्याउन सफल भएको कम्पनीको भनाइ छ । यो उत्कृष्ट ब्लेन्डलाई नेपालको शुद्ध हिमाली पानी मिश्रणबाट स्मुथ स्वाद प्रदान गरेको छ । जे–८९ ब्राण्डको लागि यूरोपको विभिन्न देशमा ह्विस्की टेस्ट गर्दै करिब १२ सय ० भन्दा बढि प्रकारको स्वादको परिक्षणपछि यस्को स्वादको अन्तिम निर्णय गरिएको कार्यक्रममा ज्याग सिंहले जानकारी दिए ।

कम्पनीले हाल ७५० मिलि.को बोतल र १८० मिलीको क्वाटर बजारमा ल्याएको छ । बोतलको उभपोत्ता मूल्य २ हजार २ सय ५० र क्वाटरको उपभोक्ता मूल्य ५ सय ५८ रुपैयाँ राखेको छ । भारतमा गत वर्ष भएको लेवलहरुको प्रतिस्पर्धामा जे–८९ ले ‘लेबल अफ द ईयर’ एवार्ड पनि जितेकोले यस ब्राण्ड प्रवद्र्धनमा सफल हुने कम्पनीका प्रशासकीय अधिकृत राज शर्माको दावी छ ।

मकवानपुरको हेटौडा भन्दा ८ किलोमिटर पूर्व गढि गाउँपालिका वडा नं ६ मा करिब ५५ करोडको लागतमा ५ विघा जग्गा क्षेत्रफलमा उद्योग लगाएको हो । दुईवर्ष अघिदेखि निर्माण कार्य शुरु गरिएको उद्योगमा निकट भविश्यमै सयौलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिदै जाने बताइएको छ । कम्पनीले देशकै अन्य सहरहरुमा पनि यो उत्पादन सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह