Logo

Banner-news

नेपालमा एयरबसका २७ वटा हेलिकप्टर, बजार हिस्सा ६३ प्रतिशत !


appharu
   १३ माघ २०७५, आइतबार


काठमाडौं । विश्वप्रसिद्ध जहाज निर्माता कम्पनी एयरबसले हवाइजहाजका क्षेत्रमा मात्र नभै हेलिकप्टरका क्षेत्रमा समेत नेपालमा एकछत्र राज गरिरहेको छ ।

कम्पनीका अनुसार नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा एयरबसका उत्पादनले ओगटेका छन् । हाल नेपालमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् ।

जहाजतर्फ नेपाल वायुसेवा निगमसँग रहेका ४ जहाजमध्ये ३ वटा एयरबस कम्पनीकै छन् भने निजी क्षेत्रको हिमालय एयरलाइन्ससँग पनि तीनवटै जहाज एयरबस कम्पनीका छन् ।

नेपालमा अझै बजार विस्तार गर्न एयरबस कम्पनी लालायित देखिन्छ । खासगरी आन्तरिक बजारमा हेलिकप्टरको उपयोग बढ्दै गएकाले एयरबसका उत्पादनको माग बढ्ने देखेर कम्पनीले नेपाललाई प्राथमिकतामा राख्दै आएको छ ।

यसै क्रममा कम्पनीले हालैमात्र सन्२०१६ पछि नेपालमा दोस्रो सुरक्षा गोष्ठी गरेको छ । एयरबस हेलिकोप्टर्स, युरोपियन नागरिक उड्डयन सुरक्षा एजेन्सीको नेपालको हवाई सुरक्षामा सहयोग जाोखिम मूल्यांकन, उत्कृष्ट अभ्यासहरुमा केन्द्रित २ दिने गोष्ठी भएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले नै संयोजन गरेको गोष्ठीमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए ।

“यहाँको उच्च भौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवत विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा पर्दछ,” क्यानका महानिर्देशक सञ्जीव गौतमले भने ।

प्रकाशित : १३ माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह