Logo

Banner-news

डेटलाइन झापाः जहाँको २ सय बिघामा गोल्यानले गर्दैछन् नमूना कृषि क्रान्ति !


appharu
   १४ माघ २०७५, सोमबार


झापा । झापा जिल्लालाई धेरैले सुदूरपूर्व भनेर चिन्छन् । तर, राजधानीबाट ३० मिनेटको हवाइ उडान र सडक यातायातबाट पनि १२ घन्टा हाराहारी समयमै पुगिने झापा भौगोलिक अवस्थिति र पूर्वाधार विकासका कुनै पनि दृष्टिले सुदूर हैन ।

पूर्वी नेपालको झापाले नेपालमा राजनीतिक नेतामात्र उत्पादन गर्दैन बाँकी जिल्लालाई समेत पुग्नेगरी खाद्यान्न तरकारी र फलफूलसमेत उत्पादन गर्दछ । तर, अहिलेसम्म परम्परागत खेतीमा सीमित झापाको रुप फेर्ने जमर्को गर्दैछन् एक उद्यमीले र उनी हुन्– पवनकुमार गोल्यान ।

मुलुकमा अधिकांश व्यावसायिक समूह ‘ट्रेडिङ’तर्फ उन्मुख भइरहेका बेला पूर्वी नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहले भने कृषिमा ठूलो लगानी सुरु गरेको छ ।

समूहले झापाका विभिन्न स्थानमा व्यावसायिक कृषिकै लागि २ सय बिघा जग्गा खरिद गरी प्रारम्भिक चरणको कामसमेत गरिसकेको छ । रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डष्ट्रिज, शिवम् प्लाष्टिकजस्ता निर्यातजन्य उद्योग सञ्चालन गरिरहेको गोल्यान समूहले यसका लागि करिब ६० करोड रुपैयाँ लगानी गरेको समूहका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए ।

“नेपालको कृषि क्षेत्रमा व्यावसायिक घराना आउन सकेनन् भने कहिले पनि देशमा कृषि क्षेत्रको विकास हुँदैन भन्ने महशुस गरेर यस क्षेत्रमा लगानी गरेका हौं,” अध्यक्ष गोल्यानले भने, “यो त हाम्रो ‘पाइलट प्रोजेक्ट’मात्र हो, आगामी दिनमा हामीले यसलाई १ हजार बिघासम्म विस्तार गर्ने लक्ष्य राखेका छौं ।”

समूहले उत्पादन गर्ने सबै उत्पादन पहिलो चरणमा विषादीमुक्त र दोस्रो चरणमा पूर्ण रूपमा अग्र्यानिक हुनेछन् । उत्पादनपछि बिक्रीसम्मका लागि आफ्नै ब्रान्ड र चेन निर्माण गर्ने समूहले जनाएको छ । जसअनुसार गोल्यान समूहले ‘माटो’ ब्रान्डमा आफ्ना र आफ्नो चेनमा रहेका कृषकका उत्पादन बिक्री गर्नेछ ।

समूहले झापा गाउँपालिकाको मदरगाछलगायत चकचके, घेराबारीलगायतमा २ सय बिघा जग्गा खरिद गरेको छ । नेपाल एसबीआई बैंक र जनता बैंकबाट ऋण लिएर करिब ४० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरेको छ । जग्गामा माटो परीक्षण तथा बाली लगाउनेलगायतका अन्य अनुसन्धानसमेतका लागि थप २० करोड रुपैयाँ खर्च हुने अध्यक्ष गोल्यानको अनुमान छ ।

प्रकाशित : १४ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह