Logo

Banner-news

चीनमा आइफोन बिक्री घट्दा एप्पलले २७ प्रतिशत आम्दानी गुमायो


appharu
   १७ माघ २०७५, बिहिबार


वासिङ्टन । अमेरिका र चीनबीचको व्यापार युद्धको मारमा अमेरिकी कम्पनी एप्पल परेको छ । विगतमा एप्पलका लागि चीन ठूलो बजार भए पनि चिनियाँहरुले विस्तारै यसको प्रयोग घटाउँदै लगेका छन् ।

चिनियाँहरुले एप्पल बहिस्कार अभियान नै चलाएपछि बिक्री पनि एकैपटक घटेको छ । फस्वरुप अघिल्लो वर्षको तुलनामा चीनबाट एप्पलले २७ प्रतिशत आम्दानी गुमाएको छ ।

गत डिसेम्बरसम्मको त्रैमासिक अवधिमा एप्पलले चीनमा गरेको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब डलरले घटेको समाचारहरुमा जनाइएको छ ।

डिसेम्बरसम्ममा एप्पलले चीनमा जम्मा १३.१७ अर्ब डलर आम्दानी गरेको छ । गत वर्षको उक्त अवधिमा एप्पलले चीनमा १७.९६ अर्ब डलर आम्दानी गरेको थियो ।

सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा चीनमा एप्पलको आम्दानी ११.४१ अर्ब डलर थियो । गत वर्षको तुलनामा युरोप र जापानमा पनि एप्पलको आम्दानीमा झिनो अन्तरको भए पनि गिरावट आएको छ ।

एप्पलका सीईओ टिम कुकले भने दुई मुलुकबीच सम्बन्ध सुधारको दिशामा रहेके जनवरीपछि अवस्थामा सुधार आएको दाबी गरेका छन् ।

कुकका अनुसार आईफोनबाट कम्पनीको घाटा १ सय प्रतिशत भएको छ र यो विशेष गरी चीनका कारण भएको हो ।

प्रकाशित : १७ माघ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह