Logo

कर्पोरेट-बजार

डिस्कभर १२५ सिसी नयाँ मोडलमा, मूल्य १ लाख ९२ हजार


appharu
   २३ बैशाख २०७५, आइतबार


काठमाडौं । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभर १ सय २५ सीसी नयाँ मोडलमा ल्याएको छ ।
यो मोटरसाइकलको सार्वजनिक जनकपुरको जानकी मन्दिरको प्राङ्णमा वैशाख १५ गते गरिएको थियो । कम्पनीले जनकपुरको जानकी मन्दिरको संरचनात्मक विकासको लागि २ लाख ५१ हजार रुपैयाँ योगदान पनि गरेको थियो ।
नयाँ डिस्कभर १ सय २५ सीसीको अधिकतम बजार मूल्य डिस्क ब्रेकमा १ लाख ९२ हजार ९ सय र ड्रम ब्रेकमा १ लाख ८३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकल जम्मा ३ वटा रंग कालो, रातो र नीलोमा उपलब्ध हुनेछन् ।

प्रकाशित : २३ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह