रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्तावहरु पारीत गरेको छ ।
सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुमाथि अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।
प्रतिक्रिया