नबिल बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकका ग्राहकलाई ¥याडिसन होडलले १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । हुने भएको छ ।
नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।
नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया