Logo

Banner-news

अब नेपालगन्जमा पनि पाँचतारे होटल, सोल्टी वेस्टेन्ड प्रिमियरको स्तरोन्नति


GDP Nepal
   २७ माघ २०७५, आइतबार


काठमाडौं । ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटल अन्ततः नेपालगञ्जको पहिलोे पाँच तारे होटल भएको छ । काठमाडौंबाहिर पोखरा र रुपन्देहीमा मात्र ५ तारे होटल रहेकोमा अब नेपालगन्जमा पनि ५ तारे होटल भएको हो ।

काठमाडौंको सोल्टी होटलद्वारा सञ्चालित सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्जको वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको हो ।

होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले ३ महिनाअघि होटलको पूर्वाधारको अनुगमन गरेपछि पाँचतारेको लाइसेन्स दिएको हो ।

सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो ।

नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ । सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ ।

प्रकाशित : २७ माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह