काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” सम्पन्न गरेको छ । बजाजले आइतबार उक्त ¥याली आयोजना गरेको थियो ।
पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुले सहभागिता जनाएकाथिए । उक्त राईड मेनिया नारायणगढबाट सुरु भएर मादी पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको जनाएको छ ।
एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटर्सले नारायणगढबाट सुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजानेछ ।
प्रतिक्रिया