Logo

कर्पोरेट-बजार

१ सय वर्ष पुरानो मेरिगोल्डको सोरुम दरवारमार्गमा, भारतीय अभिनेत्री करिश्मा कपुरले गरिन् उद्घाटन


appharu
   २४ बैशाख २०७५, सोमबार


काठमाडौं ।  राजधानीको दरवारमार्गमा गहना पसल तथा शोरुम मेरिगोल्ड (सयपत्री) ज्वेलर्सले शोरुम सञ्चालनमा आएको छ । बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले एक कार्यक्रमकाबीच नयाँ शोरुमको उद्घाटन गरेकी हुन् ।

चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको एक पुरानो गहना पसलको रुपमा परिचित छ । गहना निर्माण तथा व्यवसायमा करिब सय वर्षको इतिहास बोकेको श्रेष्ठ परिवारद्वारा संचालित गहना पसल शुरुवाती चरणमा इन्द्रचोकबाट शुरु भएको थियो । कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गरिरहेको जनाएको छ ।

मेरिगोल्ड ज्वेलर्समा सुन, चाँदी, डाइमण्डयुक्त विभिन्न डिजाइनका गहनाहरु तथा विभिन्न किसिमका रत्नहरु बिक्रीका लागि उपलब्ध रहेका कम्पनीले जनाएको छ ।
शोरुमबाट गहना बिक्री गर्ने मात्र नभई विशेषगरी नेपाली काइनाइट, रुबी, निलम, टर्म्लिनसहित नेपाली रत्नहरु उत्खनन गर्ने र विदेशी मुलुकमा निर्यातगरी विदेशी मुद्रा भित्र्याउने उदेश्य लिइएको छ । नयाँ शोरुम उद्घाटनको अवसर पारेर मेरिगोल्ड ज्वेलर्सका संचालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजना रहेको बताइन् ।

मेरिगोल्ड ज्वेलर्सकी संचालिक श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतीको प्रचार प्रसार हुने विश्वास व्यक्त गरिन् । मेरिगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शोरुमका साथै न्यूरोडको शोरुमबाट पनि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह