Logo

कर्पोरेट-बजार

तयारी पोशाक संघमा पुनः अर्याल, निर्यात अनुदान वृद्धिको माग


GDP Nepal
   ५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा चण्डिप्रसाद अर्याल पुनर्निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको २६ औँ वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको नवनिर्वाचित कार्यसमिति । तस्बिर सौजन्यः नेपाल तयारी पोशाक उद्योग संघ


यस्तै, संघको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा सञ्जयकुमार सर्राफ चयन भए । सदस्यमा भने थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी सदस्यमा चयन भएका छन् ।


संघको साधारणसभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको प्रवद्र्धन तथा बजारीकरणका लागि कोष बनाउनुपर्ने माग गरेको छ ।

यस्तै, कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्ने नीति बनाउनु आवश्यक रहेको उल्लेख गरेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह