Logo

कर्पोरेट-बजार

केएफसीमा हरेक बुधबार ९९० रुपैयाँमा १० क्रिस्पी चिकेन


appharu
   २५ बैशाख २०७५, मंगलबार


काठमाडौं ।  केन्टुकी फ्राइड चिकेन (केएफसी)ले नेपालमा पनि हरेक बुधबारका लागि विशेष अफर लिएर आएको छ ।

चिकेन पारखीहरूमाझ ९ सय ९० रुपैयाँमा १० वटा हट एण्ड क्रिस्पी चिकेन प्रस्तुत गरिने कम्पनीले मंगलबार आयोजित कार्यक्रममार्फत जानकारी दिएको हो । यसले आगामी बुधबारहरूलाई ज्यादै स्वादिलो बनाउने केएफसी इण्डिया र छिमेकी देशहरूका लागि प्रबन्ध निर्देशक समीर मेननले बताए ।

भारतमा निकै लोकप्रिय यो अफर नेपालमा पनि सुरू भएको घोषणा गर्न पाउँदा ज्यादै उत्साहित भएको मेननले बताए । नेपालमा सन् २००९ मा केएफसीले आफ्नो पहिलो रेष्टुरेन्ट खोलेको हो । अहिले यस कम्पनीले काठमाडौंमा ५ र पोखरामा १ रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ । संसारका १ सय २५ भन्दा बढी देशहरूमा रहेको केएफसीले काठमाडौंको दरबारमार्गमा अवस्थित आफनो प्रतिष्ठित रेष्टुरेन्टलाई अझ आकर्षक बनाएको बताएको छ ।

केएफसी युम ब्रान्डस् अन्तर्गतको एक कम्पनी हो । यो द्रुत सेवा प्रदान गर्ने विश्वस्तरीय रेष्टुरेन्ट ब्राण्ड हो, जसको दशकौं लामो सफलता र नवीनताको समृद्ध इतिहास छ । कर्नेल हाल्र्याण्ड स्याण्डर्सले करिब ७५ वर्ष अघि ज्यादै मीठो परिकार तयार गरेपछि यसको सुरूवात भएको हो । उनले आफ्नो भान्साको ढोकाको पछाडिपट्टि त्यो मीठो खाना बनाउन प्रयोगमा ल्याएका विषेश मसलाहरूको सूची नै कोरेर राखेका थिए ।

“हामी उनैले प्रयोग गरेको विधि प्रयोग गरेर सफल भएका छौं” मेनन भन्छन्, “आज हाम्रा सेफहरूले संसारका २० हजारभन्दा बढी रेष्टुरेन्टहरूमा आफ्नै हातले एकदमै मीठो चिकेन बनाउँछन् ।”

प्रकाशित : २५ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह