Logo

Banner-news

प्रदेश २ मा सीएनआईले लग्यो आधा दर्जन योजनाविद्, व्यवसायीलाई लगानी सुरक्षाकै चिन्ता


GDP Nepal
   २२ फाल्गुन २०७५, बुधबार


जनकपुरधाम । नेपालउद्योग परिसंघले सुरुवात गरेको नेपालको “समृद्धिको मार्गचित्र” विषयमा परिसंघ तथा परिसंघ प्रबुद्ध परिषद् प्रदेश–२ को राजधानी जनकपुरधाम पुगेको छ । परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपालउद्योग परिसंघ तथाप्रदेश–२ सरकारले संयुक्तरुपमा सो प्रदेशको समृद्धिको मार्गचित्रको छलफल फागुन २० गते सम्पन्न गरेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफलमा सहभागीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश–२ भूभागमा सानो हुनु र जनसंख्या ठुलो हुनु त्यस प्रदेशको अनुकुलता रहेको बताए । उनले समथर भूभाग, उपलब्ध सिँचाइ तथा त्यहाँको उर्वरता त्यस क्षेत्रको ठूलो सम्भावना रहेको जनाएका थिए ।

शर्माले सम्पूर्ण राजनीतिकदलका नेता, नीतितथा योजनाकारहरुले भविष्यलाई हेरि ठुलो सोचले योजनाहरु तर्जुमा गर्नु पर्नेमा जोडदिएका थिए । प्रदेशमा मानव विकासको सुचाङ्क अन्य प्रदेशहरुको तुलनामा न्युन रहेकोले शिक्षामा ठुलो लगानी गर्नुपर्ने आवश्यकता औंल्याउदै विश्वका अब्बल विश्वविद्यालयहरुसाग समन्वय गरि देशमै नमुना शिक्षालय स्थापना गर्नुपर्ने विषयलाई जोड दिएका थिए ।

‘अव समग्र मा कुरा गरिरहने समय छैन, कुनै उद्योग विशेषको पहिचान गरि सो उद्योगको विकास गर्नु आवश्य छ । त्यस्तो उद्योगकुनहुन सक्दछ सो प्रदेशले पहिचान गर्न सक्नु पर्दछ’, उनले जोड दिएकाथिए । सो छलफका प्रमुखअतिथि संघीय उप–प्रधानमन्त्रीतथा स्वाथ्यतथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छोटो समयमामुलुकमा धेरै ठुला राजनैतिक परिवर्तनहरु भएको र ति परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवस्यकता रहेको जनाएकाथिए ।

यादवले प्रदेश–२ को आर्थिक समृद्धिको आधार कृषिहुन सक्ने विषयलाई जोड दिएकाथिए । ‘पुरानो प्रविधितथा पुरानै शैलिको खेतिले प्रदेशले सोचेको आर्थिक समृद्धि हासिल गर्न सक्दैन, त्यसकालागिहालको सोच बदल्नु पर्दछ । कृषिलाई आधुनीकिकरण गरिनु आवस्यक छ, व्यावसायिकरण गरिनु आवस्यक छ’, उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्रीलालबाबु राउतले प्रदेशमा समृद्धिका प्रसस्तै आधारहरु रहेको वताउदै लगानीबिना समृद्धि संभवनभएकोले लगानीकर्ताको लगानी सुरक्षाकालागिप्रदेश सरकार हरबखत तयार रहेको बताएका थिए । लगानी आकर्षण गर्न जुनसुकै समस्याको समाधानमा आफू लागिपर्ने उनले बताएका थिए ।

‘हामीहरुले सरकार गठनकै बेलादेखि लगानीमैत्रीवातावरण निर्माण गर्ने नीतिलिएका छौं, लगानीभित्र्याउनआवश्यक सबै पूर्वाधार तयार गरी लागानी सुरक्षाको सुनिश्चितताप्रदेश सरकारले गर्छ’ ।उनले भने, ‘यसका निम्ति आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गरिसकेका छौं । आगामी चैत मसान्तभित्र प्रदेशमा उद्योगसम्बन्धी कानुन बनिसक्ने छन् ।

प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले कृषितथा कृषिसंग सम्बन्धितउद्योगको प्रसस्तै सम्भावना भएको र त्यसका लागि प्रदेश सरकारले आन्तरिक सडक संजाल तथा अन्य भौतिक पूर्वाधारहरुको विस्तारमा समेत जोड दिइरहेको जानकारी गराएका थिए ।

प्रदेश–२ कै आर्थिक मामिलातथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले भूमी बैंकको परिकल्पना गरिरहेको र छिटै लागू गर्नेगरि काम अघि बढाईएको जानकारी गराएकाथिए । ‘प्रदेशले शिक्षामा समेत लगानी बढाएको छ, यसले दक्षजनशक्तिको आवश्यकता समेत पुरा गर्ने छ’, उनले भनेका थिए ।

यस अघि प्रदेश–२ का समृद्धिका आधारहरु पहिचान गर्ने क्रमका परिसंघ प्रबुद्ध परिषदका संयोजक, पूर्व राजदुत डा. सम्भुराम सिंखडाले आफ्नो अनुभवहरु सुनाउदै मुलुक परिवर्तन भई रहेको घडिमा सोच समेत परिवर्तन हुनु पर्नेमा जोड दिएकाथिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षत्रय डा. शंकर शर्मा, डा. गोविन्दराजपोख्रेल तथा डा. स्वर्णिम वाग्लेले प्रदेश–२ को आर्थिक समृद्धिका आधारहरु तथा योजनाहरुका पक्षमा विविध चर्चा गरेका थिए ।

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनीले प्रदेश–२ ले अबका योजनाहरु छरिएका नभई कुनै एक विषयवाउत्पादनलाई लिएर त्यसको मुल्यतथाआपूर्ति श्रंखलाको विकास तथा प्रवद्र्धनमा जोड दिनु पर्ने कुरा उल्लेख गरेका थिए ।

त्यसकालागिउनले सडक संजाल, उकृष्ठ प्राविकशिक्षलयहरुको आवश्यकता औल्याएकाथिए । नेपाल सरकारका पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले व्यवस्थितशहरिकरणका वारेमा चर्चा गरेका थिए ।

निजगढलाई अहिले देखिनै व्यवस्थित, स्मार्ट सहरका रुपमाविकास गरि त्यसलाई देशकाअन्यभागहरुसंग हवाई तथा सडकमार्गद्वारा जोड्न सके प्रदेश–२ को मात्रनभएर देशकै नमुना छरितो सहर बन्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाल एसबिआई वैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागरले त्यस क्षेत्रको वित्तीय अवस्था तथा लगानीका सम्भावनाहरुका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह