वासिङ्टन । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले निर्माण गरिरहेको बोइङ म्याक्स ७३७ का लागि ५ हजार अर्डर आएको खुलासा भएको छ । तर, पछिल्लो ४ महिनामा दोस्रोपटक दुर्घटना भएको यो जहाज प्रतिबन्धित छ ।
जहाजमाथि कम्पनी स्वयमले प्रतिबन्ध लगाएको अवस्थामा अब ति अर्डरहरु के हुने भन्ने प्रश्न टड्कारो बनेको छ । पछिल्लोपटक इथियोपियन एयरलायन्स फ्लाइट ईटी–३०२ को दुर्घटनाले यो जहाज प्रतिबन्धको लहर चलेको हो ।
उक्त दुर्घटनामा १ सय ५७ यात्रु र विमानमा रहेका सबै चालक दलका सदस्यको निधन भएको थियो । नयाँ बोइङ–७३७ म्याक्स विमान दुर्घटना भएको यो चार महिनाको अवधिमा दोस्रो हो ।
चीन, बेलायत, अस्ट्रेलिया, सिंगापुर, इन्डोनेसिया र इथियोपियाका नियामक निकायले ७३७ म्याक्सलाई आफ्नो क्षेत्राधिकारभित्र उडाउन प्रतिबन्ध लगाएका छन् भने नर्वेजियन एयर, एरो मेक्सिको, जेट एयरवेज र गोले आफूसँग रहेका सबै म्याक्स विमानलाई ग्राउन्डेड गरेका छन् ।
यो सबै समयको सर्वाधिक बिक्रीको व्यापारिक प्रयोजनको विमानका लागि दुखद घटना हो ।
१९६० को दशकदेखि अमेरिकी उद्योग बोइङले १५ हजार सिंगल एसले जेट बिक्री गरिसकेको छ ।
बोइङका विमानहरूमा यो पछिल्लो भर्सनको ७३७ म्याक्स तीव्र बिक्रीको विमान हो । यो विमानका लागि विश्वभरिका एयरलायन्सहरूबाट ५ हजार अर्डर आइसकेको छ ।
यो विमान २०१७ मा सेवामा प्रवेश गरेको थियो । बोइङको व्यापारिक प्रयोजनको विमानका लागि ४ खर्ब डलरभन्दा बढीका ५ हजार ८ सय ७० अर्डर आइसकेको छ ।
हालसम्मको अवस्थामा समग्र अर्डरको ८० प्रतिशत अर्थात् ४ हजार ६ सय ९९ विमान ७३७ रहेका छन् ।
७३७ म्याक्स हाल अघिल्ला पुस्ताका ७३७ एनजी बोइङ ६००, ७००, ८०० र ९०० का साथसाथै निर्माण भइरहेका छन् ।
२०१८ को अन्त्यसम्ममा बोइङले ७३७ विमानको निर्माण संख्या बढाएर महिनाको ५२ विमान पु¥याएको थियो । हाल फर्मले मासिक ५७ विमान उत्पादन गर्ने योजना बनाएको छ ।
गत वर्ष बोइङले आफ्ना ग्राहकलाई २५६ म्याक्स विमान आपूर्ति गरेको थियो । यो ७३७ को समग्र आपूर्तिको झन्डै आधा हो ।
प्रतिक्रिया