Logo

Banner-news

अलिबाबाको नेतृत्व छाड्ने योजनामा ज्याक मा, भन्छन्– कार्यालयमै मर्न चाहन्नँ


GDP Nepal
   ४ चैत्र २०७५, सोमबार


चीन । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका सह–संस्थापक ज्याक माले आउँदो सेप्टेम्बरदेखि नेतृत्वमा नरहने घोषणा गरिसकेका छन् । तर, उनले उत्तराधिकारी छनोट गर्न भने अझै सकेका छैनन् ।

अलिबाबाका प्रमुख कार्यकारी अधिकृत डानियल झाङले अर्को सेटेम्बरमा माले गर्दै आएको अध्यक्षता सम्हाल्नेछन् । उक्त समयसम्म भने ज्याक मा नै कार्यकारी अध्यक्ष रहनेछन् ।

उनी २०२० को वार्षिक सेयर होल्डरको बैठकसम्म भने सञ्चालक समितिमा रहिरहनेछन् । त्यसपछि उनले आफ्नो गतिविधिलाई परोपकारी र शिक्षाको क्षेत्रमा केन्द्रित गर्नेछन् ।

ज्याक माले अर्को वर्षको बहिर्गमनपछि पुनः नेतृत्वमा नफर्कने बताएका छन् ।
आफ्ना उत्तराधिकारीले उक्त फर्मको नेतृत्व गर्न कठिनाइ महसुस गरे पनि आपूm नफर्कने माले बताएका छन् । तर, उनले कम्पनीसँगको सम्पर्कमा भने रहिरहने बताएका छन् ।
“म फर्कन्नँ । किनकि मैले छोडेकै महसुस गर्नेछैन,” तियानजिनमा आयोजित सम्मेलनका अवसरमा उनले बताए ।

ज्याक मा

कसरी सफल बन्ने भन्ने विषयमा अरूलाई पढाउने लगायतका अन्य धेरै काम गर्ने इच्छा माले व्यक्त गरेका छन् । “म कार्यालयमै मर्न चाहन्नँ,” उनले भने ।

उनले अमेरिका र चीनको व्यापार तनावलाई लिएर कम्पनीले २० वर्षको योजना बनाउनु आवश्यक भएको विषयलाई फेरि दोहो¥याए । “अमेरिकाले जे गरेपनि हामीले आफ्नै सिद्धान्तमा आधारित भएर समाधान निकाल्नुपर्छ,” उनको भनाइ थियो ।

“अवश्य पनि तपाईं निराशाजनक परिदृश्यको अवस्थामा हुनुहुन्छ । तर यो तपाईंको प्रतिस्पर्धीका लागि पनि समान हो,” उनले भने ।

आफ्नो कम्पनीले अमेरिकामा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने पूर्वयोजना रद्द गरेको पनि उनले बताए । अमेरिका–चीनबीच चलेको व्यापार तनावका कारण यो योजना रद्द गरेको उनलाई उद्धृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह