Logo

Banner-news

सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुको विकल्प छैन : उद्योगमन्त्री रिजाल


GDP नेपाल
   १९ आश्विन २०८०, शुक्रबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नागरिकको आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुको विकल्प नभएको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघ ४४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम भएको भन्दै यस क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्म अनुरूप आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

मन्त्री रिजालले भने, ‘सरकारको एकल पहलबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन । यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु जरुरी छ । निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम हो । निजी क्षेत्रको सक्रियता भएका मुलुकहरूमा आर्थिक विकास पनि राम्रो भएको देखिन्छ । निजी क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरूप आर्थिक विकास हुन्छ कुरामा वर्तमान सरकार विश्वास्त छ ।’

यस्तै, उनले आयातलाई न्यून गर्दै निर्यात बढाउने सरकारको नीतिलाई साकार तुल्याउन निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । निजी क्षेत्रको अपेक्षा अनुरूप सरकारले काम गर्न नसकेको अवस्थामा सरकारको आलोचना गर्नुभन्दा सहकार्य र सहतीबाट समाधानका उपायहरू निकाल्नु पर्ने पनि उनको भनाइ छ ।

मन्त्री रिजालले भने, ‘कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्नेतर्फ जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चहान्छु । यस क्षेत्रले आफूलाई अर्थतन्त्रको मुख्य माध्यम हो भन्ने अर्थमा अगाडि बढ्नुपर्छ । यसका लागि निजी क्षेत्र अझ जिम्मेवार हुनुपर्छ । निजी क्षेत्रको अपेक्षा अनुरूप सरकारले सबै विषयलाई सम्बोधन गर्न नसकेको पनि हुन सक्छ, यस्तो अवस्थामा सरकारको आलोचना गर्ने होइन सहकार्य र हातेमालो गरेर समाधानका उपायहरू निकाल्नुपर्छ ।’

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह