Logo

Banner-news

सरकारी उद्योगः जसले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्छ


GDP Nepal
   ११ चैत्र २०७५, सोमबार


गाईघाट । कुशल व्यवस्थापनका कारण सार्वजनिक संस्थानहरुले पनि निजीसरह फड्को मार्न सक्छन् भन्ने राम्रो उदाहरण बनेको छ, उदयपुर सिमेन्ट उद्योग ।

लामो समयसम्म घाटामै चलेको यस उद्योगलाई तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले सुधारको बाटोमा हिँडाए । पौडेलकै कार्यकालमा नाफा कमाउन थालिसकेको यो उद्योग हाल निमित्त महाप्रबन्धककै भरमा चलिरहे पनि सुधारको संस्थागत बाटो समातिइरहेको छ । पौडेल भने नेपाल आयाल निगम सुधार्न महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यसो त उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबै भन्दा ठूलोमध्येको एक सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजले को बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरु बनाईएको छ।

पटकपटक विद्युत समस्याका कारण हैरानी बेहोर्दै आएको उद्योगले हाल भने ऊर्जा आपूर्ति सहज भएपछि दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । १८ हजार बोरा सिमेन्टको बजार मूल्य ३ करोड रुपैयाँ हो ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह