Logo

Banner-news

एप्पलले फेरि घटायो आइफोनको मूल्य


GDP Nepal
   २१ चैत्र २०७५, बिहिबार


बेइजिङ (एजेन्सी) । अमेरिका–चीन व्यापार युद्धबाट सबैभन्दा बढी प्रभावित कम्पनी एप्पल दुई मुलुकबीचको सम्बन्ध सुधारसँगै पुनः लयमा फर्किन लालायित देखिन्छ । चीनको ठूलो बजार गुमाउँदा कम्पनीकोब्रान्ड भ्यालु नै घटेपछि उपस्थिति बढाउन रणनीतिक रुपमा एप्पल लागेको देखिन्छ ।

समाचारहरुमा जनाइए अनुसार एप्पलले आधिकारिक चिनियाँ अनलाइन स्टोरमा आफ्ना केही महत्वपूर्ण उत्पादनको मूल्यमा झन्डै ६ प्रतिशतले कटौती गरेको छ । यो मूल्य कटौतीका उत्पादनहरूमा आइफोन, आइप्याड, म्याक एयरपोड रहेको एप्पलको चीनस्थित अनलाइन स्टोरले जनाएको छ ।

चीनमा भएको कर परिवर्तनको प्रतिक्रियास्वरूप यो कटौती गरिएको हो । नयाँ परिवर्तनले एप्पलजस्ता म्यानुफ्याक्चररलाई भ्याट कम गराउने काइसिनले जनाएको छ ।

२०१८ को चौथो त्रैमासिक अवधिमा कम्पनीले आम्दानीमा ५ देखि ९ अर्ब डलरसम्मको गिरावट आएको बताएको केही महिनापछि यो कटौती गरिएको हो । चीन, हङकङ ताइवानमा आइफोनको माग र बिक्री दुवै ओरालो लागेपछि एप्पलको आम्दानीमा पनि गिरावट आएको हो ।

“यदि हाम्रो नतिजामा हेर्नुहुन्छ भने आइफोनबाट ग्रेटर चाइना आम्दानीमा १०० प्रतिशतको गिरावट आएको छ,” एप्पलका सीईओ टिम कुकले जनवरीमा सीएनबीसीलाई बताएका थिए ।

यो मूल्य कटौती एप्पलको वेबसाइटमा हेर्न सकिन्छ । सुरुवाती तहको आइफोन एक्सआरको मूल्य ६ हजार १९९ युआन पर्छ । यो मार्च २९ को तुलनामा ४.६ प्रतिशतले कम हो । एप्पलको हाई–इन्ड आइफोन एक्सएस र आइफोन एक्स एस म्याक्स प्रत्येकको मूल्यमा ५ सय युआनले कटौती गरिएको छ ।

प्रकाशित : २१ चैत्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह