Logo

Banner-news

दुई दर्जन उद्योगका पिता दिवाकर गोल्छा रहेनन्


GDP Nepal
   २७ चैत्र २०७५, बुधबार


काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योगकका पिता मानिने उद्योगपति दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । पहिलो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासदसमेत रहिसकेका गोल्छा जस्तोसुकै ऋणमा डुबे पनि एकपछि उद्योग खोल्ने दुस्साहसी उद्यमी थिए ।


स्व. दिवाकर गोल्छा

मृगौलासम्बन्धी रोगले थलिएका गोल्छाको मृगौला प्रत्यारोपण गरिए पनि जीवनदान दिन सकेन । उपचारकै क्रममा उनको मंगलबार राती चेन्नईमा निधन भएको हो ।

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष भए पनि उनलाई अध्यक्ष बन्नबाट चण्डीराज ढकालले रोकेका थिए । जसका कारण गोल्छाकै सहयोगमा कुशकुमार जोशी महासंघ अध्यक्षमा निर्वाचित भएका थिए ।

गोल्छाले हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका २ दर्जन उद्योग स्थापना गरेका थिए । संविधानसभामा रहँदा समेत उनले कांग्रेस र तत्कालीन माओवादी नेताबीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह