Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग


GDP नेपाल
   २२ पुस २०८०, आइतबार


एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोगबाट अस्पतालमा बाल सवास्थ्य सुधार गर्ने प्रयासमा बाल मैत्री वार्ड निर्माण गरिने छ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र अस्पतालका अध्यक्ष डा. भगवान कोईरालाबीच सो सहमति भएको छ ।

बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रकाशित : २२ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह