सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।
कम्पनीले संस्थापक समूहको ७० हजार ४ सय ९० दशमलव ६१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त सेयरको मूल्य न्यूनतम १ सय ५० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया