Logo

कर्पोरेट-बजार

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ६ माघ २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : ६ माघ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह