सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी सनराइज क्यापिटलको नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
लक्ष्मी सनराइजले मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त गरेका थिए ।
आज कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।
मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने बिजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
यससागै मर्जर पश्चात बैंकको एकीकृत चुक्ता पुँजी ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ ।
साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आईरहेको जस अन्तर्गत ७ अरबको सम्पत्ती व्यवस्थापन भईरहेकोे, एक बिशिष्टीकृत लगानी कोष अन्र्तगत निजी इक्विटी भेन्चर क्यापिटल कोषको रुपमा १ अर्ब बराबरको लक्ष्मी दिगो ऊर्जा कोष संचालनमा रहेको, ३२ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।
प्रतिक्रिया