रिलायबल नेपाल लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी १६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र यस कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया