सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकले होटेल साराको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच सेवा प्रदान गर्ने गरी सम्झौता भएको बताइएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटेल साराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटेल सारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, भोजका निम्ति हलहरूमा १५ प्रतिशतसम्म छुट दिइएको बताइएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया