घलेम्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ ।
कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो हकप्रदमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि आवेदन परेको छ । जस अनुसार ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद बिक्री भएको छैन ।
बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा खुला गर्ने छ । कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया