Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   २७ पुस २०८०, शुक्रबार


एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थियो ।

उक्त सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरिएको पनि सभामा जानकारी गराइएको थियो ।
आषाढ सम्ममा बैंकको खुद नाफा ३ अर्ब २२ करोड पुगेको छ भने निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह