एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको २८औँ वार्षिक साधारण सभाले गोयलसहित जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदीलाई सञ्चालक समितिमा सदस्य चयन गरेको थियो । सञ्चालक समीतिमा सदस्य चयन भएका अन्य सञ्चालकहरुले गोयललाई अध्यक्ष बनाएका हुन् ।
अध्यक्ष गोयलले बिहीबानै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रतिक्रिया