कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।
सो समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संघ संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया