Logo

बैंक / बिमा /शेयर

युनाइटेड इदी मर्दीको लाभांश घोषणा


GDP नेपाल
   २२ माघ २०८०, सोमबार


युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद गरी ५.७८९ लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा आभ्या क्लब, घारीपाटन९१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह