Logo

बैंक / बिमा /शेयर

अमेरिकी डलर र रियालको भाउ स्थिर, अन्य मुद्राको विनिमय दर कति ?


GDP नेपाल
   २४ माघ २०८०, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । डलर मंगलबारको तुलनामा आज स्थिर छ ।

बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ ।
मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।

आज कतारी रियाल पनि मंगलबारको तुलनामा स्थिर छ । रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसामा कारोबार गर्न सकिने छ ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह