नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन ७.३७ प्रतिशतले वृद्धी भएको छ । कम्पनीले समीक्षा अवधिमा रु ३ अर्व १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । नविकरण बीमाशुल्क १६ अर्व ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका थियो ।
गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १५० अर्व ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ ।
८ अर्व २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया