एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका वरिष्ठ प्रबन्धक सतीशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर रविधर भण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकले नेत्रालयका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट ओपीडी तथा आईपीडी र चस्मा तथा फ्रेममा १० प्रतिशत छुट पाउनेछन् । फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुट दिइने बताइएको छ ।
प्रतिक्रिया