Logo

Banner-news

ह्वाइट वाकर ह्वीस्की नेपाली बजारमाः ४१.७% अल्कोहल, मूल्य भने ५४ सय


GDP Nepal
   १२ बैशाख २०७६, बिहिबार


काठमाडौं । विश्वप्रसिद्ध ह्वीस्की उत्पादक कम्पनी जोनी वाकरको नयाँ उत्पादन ह्वाइट वाकर नेपाली बजारमा भित्रिएको छ ।

४१.७ प्रतिशत अल्कोहल रहेको ह्वाइट वाकरको मूल्य भने प्रतिबोतल ५४ सय रुपैयाँ तोकिएको छ । हाललाई यो ह्वीस्की ७५० एमएलको बोतलमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जोनी वाकरले एचबीओ र गेम अफ थ्रोन्ससँगको सहकार्यमा ह्वाइट वाकर स्कच बजारमा ल्याएको छ । केही सीमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो–गेम अफ थ्रोन्स ह्वाइट वाकर्सका अत्यन्त रहस्यमय एवं निडर चरित्रहरुको उत्प्रेरणामा गरिएको कम्पनीले जनाएको छ ।

नीलो आँखाहरुको लागि परिचित र नाइट किङद्वारा नेतृत्व गरिएको ह्वाइट वाकर्सका अनडेड सेनाको जन्म कठाँग्रिएको उत्तरी भेगबाट तिनीहरुसँगै ल्याएको चिसो जाडोबाट भएको विज्ञप्तिमा उल्लेख छ । अब सीमित संख्याको ह्वीस्कीले तिन्कै चिसो संसारलाई प्रस्तुत गरिएको उल्लेख छ ।

ह्वीस्की विज्ञ जर्ज हार्परले जोनीवाकरको दक्ष ब्लेण्डरहरुको सानो टिमको साथमा सिर्जित यो नवीनतम् ह्वीस्की ह्वाइट वाकर्सको ठण्डापनको उपस्थिति जगाउन फ्रिजरबाट सिधै वितरण गर्दा अझ बढी उत्कृष्ट हुने बताएका छन् ।

ह्वाइट वाकरको बोतलले हिमझैं सेतो र नीलो डिजाइनसँगै कठाँग्रिएको उत्तर स्कटल्याण्ड भेगमा पु¥याउने तथा नाइट किङको सेनाहरुकै महसुस दिलाउने दावी गरिएको छ ।
जोनीवाकरको चिरपरिचित संकेत चिन्ह लम्किरहेको मान्छेले थप आकर्षण दिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– तापक्रम–संवेदनशील मसि प्रविधिको उपयोग गरिएकोले जब चिस्याहटमा गरिन्छ तब बोतलमा देखा पर्ने नसोचिएको हिमचित्रले फ्यानहरुलाई हिउँदे यामको संझना गराउनेछ ।

स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्शसहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अतिउत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसकाएकल माल्टहरुको गुणहरु भरिएका छन् । ब्लेण्डर जर्ज हार्परले जोनीवाकरको ह्वाइट वाकर सिर्जना गर्नका लागिआफ्नो प्रारम्भिक चरण स्वरुप कठाँग्रिएको उत्तर स्कटल्याण्ड प्रयोग गरेका छन् ।
उनले भने– क्लाइनलिसका ह्वीस्कीहरुले धेरै समयसम्म स्कटिस हिउँदहरु सहेका हुन्छन्, यसैले उक्त स्थान यसप्रकारको अद्भूत ह्वीस्कीसिर्जना गर्न एकदम सही चयन थियो ।
नेपालमा जोनीवाकरको नयाँ उत्पादन सीमित संख्यामा ल्याउन पाएकोमा हर्षित रहेको नेपालका लागि दियागो ब्राण्डहरुको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक ग्लोबल ट्रेडिङ कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक आशिष अग्रवालले बताए ।

अप्रिल १४ देखि पहिलो शृँखला शुरु भएसँगैं यो समय यसलाई यतिखेर प्रस्तुत गर्न अत्यन्त सही रहेको उनको भनाइ छ । उनी भन्छन्– मलाई विश्वास छ, सही फ्यानहरुले एक चिनोको रुपमायसको अपनत्व ग्रहण गर्न मन पराउनु हुने नै छ ।

प्रकाशित : १२ बैशाख २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह