Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न


GDP नेपाल
   २६ माघ २०८०, शुक्रबार


हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६।३७ प्रतिशत बोनस सेयर र ८।६३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

उक्त सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो । कार्यक्रममा सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृत र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सेयरधनीहरुले राखेको जिज्ञासा तथा सुझावको जवाफ दिएका थिए । यस्तै सभामा पेश भएका विभिन्न प्रस्तावहरु पारित गरिएको थियो ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह