हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कूल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ।
प्रतिक्रिया