Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   २९ माघ २०८०, सोमबार


कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यही माघ २८ गते आइतवार आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न साधारण सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा उनको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ ।

साधारण सभामा भएको सञ्चालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित बनेका छन् ।

यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका बैंकले जनाएको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह