Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकद्वारा ५ मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज


GDP नेपाल
   २९ माघ २०८०, सोमबार


नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

बैंकले काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि, काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालि, रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकले समयमा नै नवीकरण नगर्ने मनिचेन्जरहरुको लाइसेन्स नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम खारेज गरेको हो ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह